१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डलरसहित चिनियाँ महिला पक्राउ

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार ०५:३९

रसुवा । अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेकी छन् । उनको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको हो ।
आज बिहान पत्रकार सम्मेलनमार्फत् प्रहरी प्रमुख थापा क्षेत्रीले विशेष सुराकीका आधारमा चिनियाँ नागरिक पक्राउ भएको जानकारी दिनुभयो ।
सो डलर रु ५१ लाख ३१ हजार ५०० बराबरको भएको बताइएको छ ।