१५ चैत्र २०८०, बिहीबार
Follow Us

आगोले जलेर एकै परिवारका तीन महिलाको मृत्यु

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार ०५:४२

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ । सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आज बिहान ३ बजे अचानक आगलागी भएको थियो ।

आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुरकी आमा ८६ वर्षीया गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको आगोले जलेर मृत्यु भएको हो । चन्द्रबहादुर पनि घरभित्रै रहेकाले उनको शव भने फेला नपरेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।