७ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्युु

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार १०:५४

रौतहट । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको छ । काँग्रेस कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो ।
बुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा काँग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए नदिएको विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सोही विषय लिएर राति करिब ९ बजे घर पुुगेर काँग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुुभयो ।
मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर ८ का काँग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुटा यादव, अनुठा यादव र बैजु साहलाई गएराति उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ ।
वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस फरार रहेको इप्रका गरुडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गएराति काँग्रेस कार्यकर्ता र अर्का एकजनाबीच भोट कै विषय लिएर भएको झगडा छुट्याउन गएका रामपुुकार माथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । घटनाबारे प्रहरीबाट थप अनुुसन्धान भइरहेको छ ।