६ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डन दूतावासमा संविधान तथा राष्ट्रिय दिवस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार ११:५१

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष 
समारोहबीच संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ । नेपालको 
संविधान घोषणा भएको तेश्रो वार्षिक दिवसका अवसरमा कार्यक्रम भएको हो । संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।

उक्त समारोहलाई सम्वोधन गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालको संविधानले वहुदलीय संसदीय व्यवस्था, कानुनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकारलाई अंगीकार गरेको र सो संविधान कार्यान्वयनको चरणमा रहेको बताए ।

राजदूतले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा राजनीतिक स्थायित्व, आर्थिक विकास र सामाजिक रुपान्तरणसहित मुलुक शान्ति, समुन्नति र समृद्धिको महान गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे ।

राजदूत डा. सुवेदीले नेपाल र संयुक्त अधिराज्य (यूके) बीच दुई सय वर्षभदा बढि लामो ऐतिहासिक सम्बन्ध रहेको बताउंदै गत मार्च महिनामा दूतावासमा आयोजित द्विशतवार्षिकी विशेष समारोहमा संयुक्त अधिराज्यका राजकुमार हयारीले गोर्खालीहरुको इमान्दारिता र बहादुरीको उच्च प्रशंसा गरेको र बेलायती राजपरिवार र जनताको मुटुमा नेपाली रहेको सम्वोधन गरेको स्मरण गर्दै संयुक्त अधिराज्यले नेपालको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गरेको बताए । साथै उनले नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सम्बन्ध जनस्तरसम्म कायम रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा संयुक्त अधिराज्य सरकारका विदेश मन्त्रालयका निर्देशक महामहिम ओएन जेन्किन्सले नेपालको राष्ट्रिय तथा संविधान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त अधिराज्यबीच ऐतिहासिक र प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे ।

IMG_2625

उनले नेपालको सामाजिक र आर्थिक विकास तथा नेपालमा आएका भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोपमा संयुक्त अधिराज्य सरकारले महत्वपूर्ण सहयोग गरेको एवं आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास दिलाए ।

साथै जेन्किन्सले नेपालमा लोकतान्त्रिक संविधान जारी भई हाल कार्यान्वयनको चरणमा रहेको र स्थानीय निकायको सफल निर्वाचन पश्चात प्रदेश र संसदको आगामी निर्वाचनले नेपालमा लोकतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालको व्यवस्थापिका संसदका माननीय सदस्यहरु नारायण प्रकाश साउद, रामनारायण बिडारी, बहादुरसिंह थापा र निर्देशक महामहिम ओएन जेन्किन्सले सफलतापूर्वक सगरमाथा आरोहण 
गर्ने गोर्खा ब्रिगेडका ९ सैनिकहरुलाई विशेष सम्मान गर्दै दोसल्ला र टोपी उपहार प्रदान गरेका थिए ।
IMG_2621
समारोहमा गोर्खा ब्रिगेडका सैनिकहरुबाट नेपाल र संयुक्त अधिराज्यको राष्ट्रिय गान तथा विभिन्न नेपाली राष्ट्रिय गीतहरु प्रस्तुत भएको थियो ।

कार्यक्रममा संयुक्त अधिराज्यका सांसदहरु, नेपालको व्यवस्थापिका संसदका सदस्यहरु, विभिन्न देशका राजदूत तथा कूटनैतिक प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) का महासचिव किटाक लिम र अन्तर्राष्ट्रिय कफी संगठन (आइसीओ) का कार्यकारी निर्देशक जोशे सेत्ते, संयुक्त अधिराज्यका विभिन्न शहरका मेयर काउन्सिलरहरु, बेलायती विदेश मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, नेपाल र नेपालीसंग सम्वद्ध बेलायती संघसंस्थाका विशिष्ट व्यक्तिहरु, गैर आवासीय नेपाली संघ बेलायत लगायत विभिन्न नेपाली संघसंस्थाका प्रनिनिधिहरुसहित करिब ४ सयको उपस्थिति थियो ।

उक्त कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरनले सञ्चालन गरेका थिए । कार्यक्रममा एभरेष्ट इनले खाना प्रवन्ध गरेको थियो ।
IMG_2613

IMG_2615
IMG_2633

IMG_2639

IMG_2657

IMG_2673

IMG_2693IMG_2693

IMG_2673

IMG_2657

IMG_2639

IMG_2633

IMG_2625

IMG_2621

IMG_2615

IMG_2613
फोटो – नेपाली दूतावास