८ बैशाख २०८१, शनिबार
Follow Us

स्पेनी होटेलको खानाले नौ बेलायती बालबालिका अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार १६:४५

लण्डन । विद्यालयबाट भ्रमणमा स्पेन पुगेका नौ जना बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय एक अस्पतालमा भर्ना भएका छन् । विद्यालयको कार्यक्रम अनुसार स्पेन पुगेका उनीहरूले स्पेनको सतान्दर शहर नजिकैको एक ग्रामीण इलाकामा रहेको चारतारे होटल कामपोमरमा खाना खाएपछि विरामी परेको बेलायती दैनिक पत्रिका माइलले बिहीबार जनाएको छ ।
अस्पतालले खानामा कार्बनमनोअक्साइड नामक विषाक्त पदार्थ मिसिएको आशङ्का गर्दै उपचार अगाडी बढाएको छ । उनीहरूको सतान्दरको मार्केस दे भाल्देसिला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
उक्त होटलमा खाना खाएका विरामीमध्ये पाँचजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरू बेलायती बालबालिका भने नरहेको उक्त दैनिकले जनाएको छ ।