१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपालको संविधानबारे बेल्जियममा व्याख्या

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार १६:४८

बेल्जियम । नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना ग¥यो ।
समारोहमा बेल्जियमका सांसद , बेल्जियम सरकारका उच्च अधिकारी तथा युरोपेली संघका राजदूत तथा सदस्य लगायतको सहभागिता रहेको त्यहाँस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
कार्यक्रममा नेपाल बेल्जियममैत्री समाजका प्रतिनिधि, बुद्धिजीवि सञ्चारकर्मी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्समा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो ।
बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले आमन्त्रित पाहुनालाई स्वागत गर्दै नेपालको संविधान दिवसको महत्वबारे चर्चा गर्दै संविधानले देशमा शान्ति, सद्भाव र भातृत्व जोगाएको बताउनुभयो । उहाँले नेपालको पछिल्लो राजनीतिक प्रगति र उपलब्धिबारे उल्लेख गर्नुभएको थियो ।