१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन बेल्जियमको पहिलो बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७४, शुक्रबार ०४:४२

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन) नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक गत सोमबार १८ सेप्टेम्वरमा लुभेनमा सम्पन्न भयो । अध्यक्ष लोक दाहालको अध्यक्षतामा भएको बैठकले समस्त निर्वाचन प्रक्रियामा सहभागी बेल्जियमबासी आम एनआरएनहरुमा धन्यवाद ज्ञापन गरेको छ । यसैगरी सोही बैठकले सर्वसम्मत रुपमा सुभाष जोशी, दीपेन्द्र के।सी (प्रवक्ता समेत) सोनाम लामा, बिनोद न्यौपाने, सी।पी। भट्ट र झलक के।सी।लाई कार्यसमितिको सदस्यको रुपमा मनोनित गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव आड।माया लामा, सचिवव्दय जीवन शर्मा र प्रेम तिमिल्सिनाले एनआरएनको कार्यालय लुभेनमा राख्ने, बैठकहरु विकेन्द्रीत रुपमा बेल्जियमका विभिन्न स्थानहरुमा आयोजन गर्ने तथा आगामी अक्टोबर १४ देखि काठमाडौंमा हुने बिश्व सम्मेलनमा सहभागी हुन इच्छुक पँजीकृत सदस्यहरुले यही सेप्टेम्वर ३० भित्र एनआरएन बेल्जियमका पदाधिकारीहरुलाई सम्पर्क गरी दर्ता गर्नुहुन अनुरोध गरिएको छ ।