१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमाले केन्द्रीय बैठक आजदेखि

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७४, शुक्रबार ०५:१७

काठमाडौं । नेकपा (एमाले) को आठौं केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ । अहिले ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । उहाँले बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने बताउनुभयो । एमाले केन्द्रीय कमिटी बैठक लामो समयदेखि शीर्ष नेताको समय अभावका कारण बस्न सकेको थिएन ।