१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस अगाडि, माओवादी कमब्याक, मधेशी केन्द्रित दलहरु उत्साहित

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७४, शुक्रबार ०५:४७

काठमाडौं । प्रदेश नम्बर २ को ४६ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको निर्वाचन परिणामअनुसार नेपाली कांगे्रसले १६ स्थानमा जितेको छ भने माओवादी केन्द्रले ९ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले ७–७ स्थानमा विजयी हासिल गरेका छन् ।
नेकपा एमाले शुक्रबार बिहानसम्म ६ स्थानमा मात्र विजयी भएको छ भने फोरम लोकतान्त्रिक २ स्थानमा विजयी भएको छ । नेपाली जनता दलले एक स्थान जितेको छ । उसले पर्साको कालिका गाउँपालिका प्रमुख जितेको हो ।
कांगे्रसले २६ स्थानमा अग्रता लिएको छ भने एमालेले १४ स्थान, माओवादीले १२, संघीय समाजवादी र राजपाले १७–१७ स्थानमा अग्रता लिइरहेका छन् ।
२ नम्बर प्रदेशमा थोरै जितेको एमाले अहिले पनि सबैभन्दा बढी जित्ने पार्टी हो । उसले २ सय ८२ स्थानमा जित हात पारेको छ । त्यसपछि कांगे्रसको २ सय ४२ र माओवादीको ९४ स्थान पुगेको छ । कूल संख्यालाई विश्लेषण गर्ने हो भने माओवादी २ नम्बर प्रदेशमा कमब्याक भएको देखिन्छ । अहिलेसम्म सार्वजनिक नतिजाले मधेश केन्द्रित दलहरु उत्साहित देखिएका छन् । मुख्य सहरहरुमा मधेश केन्द्रित दल नै अगाडि छ । जनकपुर उपमहानगर, राजविराज र वीरगन्ज महानगरमा मधेश केन्द्रित दलले बाजी मार्न सक्ने छन् ।