१३ बैशाख २०८१, बिहीबार
Follow Us

चिकित्सक आन्दोलनमा, देशभर उपचार सेवा ठप्प

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७४, शुक्रबार १२:०५

काठमाडौं । लापरबाहीका कारण अस्पतालमा बिरामीको मृत्यु भए संबन्धित चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने सरकारको निर्णय निर्णय फिर्ता गर्न माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका छन । त्यसक्रममा उनीहरुले आज दशभर कै अस्पतालमा उपचार सेवा ठप्प पारेका छन ।
यता, पुर्व सुचना बिना चिकित्सकहरुले उपचार सेवा ठप्प पारेपछि विरामीहरु मर्कामा परेका छन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई ठप्प पारी आन्दोलन गरेकोमा उनीहरुले आक्रोस समेत व्यक्त गरेका छन ।
चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु हुने घटना बढेको भन्दै केही दिन अघि मात्र सरकारले क्षतिपुर्तीबारे नयाँ व्यवस्था गरेको थियो । नयाँ व्यवस्था अनुसार चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकले नै क्षतिपूर्ति तिर्नु पर्नेछ । सरकारको सो निर्णय विरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रेका छन ।