१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भट्टलाई आँफु तिर तान्ने शेष घले समूहको प्रयास असफल

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार ००:४१

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले समूह र पदको लागि प्रत्यासी भवन भट्टबीचको वार्ता विनानिश्कर्ष टुंगिएको छ । शुक्रवार साँझ आवुदावीमा सम्पन्न दुई समूह बीचको ४ घण्टा लामो छलफल कुनै निचोडमा पुग्न सकेन् ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने ८ औं विश्व सम्मेलनको लागि अध्यक्ष पदमा आकांक्षीद्वय भवन भट्ट र कुमार पन्त मिलेर अगाडि बढ्ने सहमति भएको सार्वजनिक भए लगत्तै शेष घले समूहले भट्टसँग छुट्टै सहमति गर्ने प्रयास स्वरुप उक्त बैठकको आयोजना गरिएको एनआरएन उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार शेष घलेको समूह र भवन भट्ट बीच आइतवार लण्डनमा आयोजना हुने एक भेलामा सहभागी हुने योजना भए पनि घले समूहले भट्टलाई आवुदावीमै भेटेर मनाउने प्रयास गरेको थियो ।

४ घण्टा लामोे बैठकमा भवन भट्टले भिजन २०२० को समर्थन गर्नु पर्ने, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा आफ्नो सहयोगीलाई समर्थन गर्नु पर्ने लगायतको प्रस्ताव घले समूहले राखेको थियो ।
स्रोतका अनुसार भट्टले घलेको प्रस्ताव माथि आँफुलाई सोच्न केही समयको माग गर्दै साथीहरुसंग छलफल गरेर जवाफ दिने भन्दै पन्छिएका थिए ।

घले समूहको प्रस्ताव पछि भट्टले आफ्नो पूर्वनिर्धारीत यूरोप बैठक रद्ध गरि कुमार पन्त समूहसंग छलफलमा जुटेका छन् ।