१२ बैशाख २०८१, बुधबार
Follow Us

१०५ स्थानको मतपरिणाम सार्वजनिक

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार ०८:३२

काठमाडौं । यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०५ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

स्थानीय तह तेस्रो चरण निर्वाचनको १०५ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ३२ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ । यसैगरी, संघीय समाजवादी फोरम र राजपाले १९-१९ तह जितेका छन् । माओवादी केन्द्र १८ र एमालेले १२ स्थानीय तह जितेको छ । नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल र नयाँ शक्ति पार्टी १-१ तहमा विजयी भएको छ ।

यसैगरी, अहिलेसम्म एक हजार नौ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ । मतगणना बाँकी रहेका ३६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको छ ।