१५ चैत्र २०८०, बिहीबार
Follow Us

विश्व कास्की सम्मेलन असोज २३ गते पोखरामा

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार ०८:५४

काठमाडौं । विश्वभरी छरिएका कस्केलीहरुको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने मुल नारा सहित सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक पूर्ण तिमिल्सीनाले जानकारी दिनुभयो । आफ्नो जन्मथलो कास्की जिल्लाको समग्र विकासका लागि सम्मेलन गर्न लागिएको संयोजक तिमिल्सिनाले वताउनुभयो ।

उक्त सम्मेलनमा नेपाल सरकारका माननीय कानुन मन्त्री यज्ञबहादुर थापाको प्रमुख आतिथ्यतामा कास्कीबाट प्रतिनिधित्व गर्ने माननीय सांसद ज्युहरुको बिशेष आतिथ्यता, पोखरा लेखनाथ महानगर पालिका मेयर मान बहादुर जिसी, जिल्ला समन्वय समिति कास्कीका जिल्ला अध्यक्ष बैन बहादुर जिसी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद एबं भुपु सभासद लगायत जिल्लामा रहेका सामाजिक ब्यक्तित्व एवं उद्योगपति लगायत बिभिन्न पार्टीका नेताहरुको उल्लेखिय रुपमा सहभागीता रहने तय भएको छ ।

गैह्र आवसिय नेपाली सघंका अध्यक्ष शेष घलेलगायत बिभिन्न पदाघिकारी एवं सघं सदस्य हरुको सम्मेलनमा उल्लेख्य सहभागिता रहेन छ ।

सम्मेलनमा कास्कीका विभिन्न राजनैतिक दल, वृद्धिजिवी, पेशा व्यवसायी, उद्योगी लगायत विभिन्न पक्षका व्यक्तित्वहरुसंग कास्की विकासको लागि सार्थक वहस र छलफल हुने भएको छ । छलफलवाट कास्कीका विकासका प्राथमिक एजेण्डा समेत तय गर्ने तयारी समेत भैरहेको छ । अन्तराष्ट्रिय रुपमा विकास भैरहेको आधुनिक प्रविधि, सिप तथा सेवा पोखरामा भित्र्याउन समेत कास्की विश्व सम्मेलनले पहल गर्ने आयोजक समितिका संयोजक पूर्ण तिमिल्सिनाको भनाई छ ।

अहिलेसम्म युरोपका विभिन्न मुलुक, अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, कोरिया, खाडी देशहरु सहित २२ मुलुकमा विश्व कास्की आर्दश समाज गठन भैसकेको छ । अहिले अन्य विभिन्न मुलुकहरुमा पनि संगठन विस्तारको काम भैरहेको महासचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।

असोज २३ गते सम्मेलन उद्घाटन गर्नु पूर्व पोखरामा खुल्ला म्याराथुन प्रतियोगिता गरिने भएको छ । सो प्रतियोगिताको विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र दिईने सो पुरुस्कार एन आर एन पोर्चुगलका पुर्ब अध्यक्ष समाजसेबी पोखरा घर भै हाल पोर्चुगल बसोबास गर्ने सफल ब्याबसायी श्री रमेश गुरुङले गर्नु भएको महासचिव पौडेलले जानकारी दिनुभयो ।