१४ बैशाख २०८१, शुक्रबार
Follow Us

२३ स्थानको मतपरिणाम आउन बाँकी

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार १४:०५

काठमाडौं । दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये २३ स्थान मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगले एक महानगर र तीन उपमहानगर बाहेक दुई नम्बर प्रदेशमा जारी मतगणनाको सबै नतिजा आज बेलुकासम्म आउने दाबी गरेको छ ।
मतपरिणाम सार्वजनिक भएको ११३ स्थानमध्ये ३४ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ । यसैगरी, संघीय समाजवादी फोरमले २१, राजपा २० र माओवादी केन्द्रले १९ तह जितेका छन् । एमालेले १३ स्थानीय तह जितेको छ भने नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले दुई र नयाँ शक्तिले एक तहमा विजयी हासिल गरेको छ ।