८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस कार्यकर्ता एमाले उम्मेदवारले कुटे, चारजना घाइते

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार १४:१६

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–५ स्थित हर्षाहामा शनिबार दिउँसो नेपाली कांग्रेसका कार्यकर्ता कुटिएका छन् । विजयजुलुसमा सहभागी हुन वृन्दावनको विश्रामपुर जाँदै गरेका कांग्रेस कार्यकर्तालाई नेकपा एमाले वृन्दावन नगरपालिका प्रमुखका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले कुटपिट गर्दा चारजना घाइते भएका छन् ।
निर्वाचनको विषयलाई लिएर गरिएको कुटपिटबाट शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका बताइएको छ । घाइतेको टाउकोमा चोट लागेको छ । सो नगरपालिकामा कांग्रेस विजयी भएपछि कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको हो । जारी मतगणनामा रौतहट जिल्लामै एमाले जितविहीन छ ।
कुटपिटमा संलग्नहरुले ३३ हजार रुपैयाँसमेत लुटेको मोहम्मद सैमुल्लाहले बताए । घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।