११ बैशाख २०८१, मंगलवार
Follow Us

बागलुङ जीप दुर्घटनामा दुई प्रहरीको मृत्यु ,१३ जना घाइते

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार १४:१८

बागलुङ । अर्को जीप दुर्घटना बागलुङको बरेङ पेरिडाडाँमा भएको छ। दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गएको हो । बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–८ घर भएका प्रहरी हबलदार खिमबहादुर बिष्ट र गुल्मीकै हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीसको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवै जना प्रदेश नम्बर २ को धनुषामा भएको स्थानीय तह चुनाव सकेर फर्किदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विश्वराज सिहं थापाले जानकारी दिए ।१५ जना सवार रहेको जीप बरेङ गाउँपालिका–२ पेरीडाँडाबाट तल खसेको हो । दुर्घटनामा अरु १३ जना घाइते भएका छन् ।