१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छ : दाहाल

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार १४:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा उनले ‘माओवादीको जित रोकिए परिवर्तन रोकिने’ भन्दै ‘माओवादीको विजययात्रा कसैले रोक्न नसक्ने’ दाबी गरे ।
माओवादी जति ओरालो लाग्नु लागिसकेको भन्दै उनले ‘प्रदेश नम्बर–२ को निर्वाचनले माओवादीले उकालोको पथ तय गरेको’ बताए । ‘नेकपा एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिने’ भन्दै उनले ‘एमालेको खोक्रो राष्ट्रवादलाई जनताले चिरिदिएको’ बताए ।
निर्वाचनपछि संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढेको भन्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई दाहालले स्वागत गरेका थिए ।