१४ बैशाख २०८१, शुक्रबार
Follow Us

११ तहको नतिजा आउन बाँकी

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार ०८:०६

काठमाडौं । स्थानीय तह तेस्रो चरण निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिका, एक उपमहानगरपालिका सहित ११ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ ।
गणना हुन बाँकी मध्ये बाराको बारागढी, सप्तरीको कन्चनरुप, रौतहटको गरुणामा कांग्रेसले अग्रता लिएको छ । बाराको कलैया उपमहानगरपालिका, कोहल्बी नगरपालिकामा एमालेले अग्रता लिएको छ । संघीय समाजवादी फोरमले पर्साको विरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका, सर्लाहीको कविलासी नगरपालिका र रौतहटको कटहरिया नगरपालिकामा अग्रता लिएको छ ।
धनुषाको सबैला, बाराको आदर्श कोटवालमा एकिकृत माओवादीको अग्रता छ । गणना सकिएका १ सय २५ मध्ये ३७ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ ।
यसैगरी, संघीय समाजवादी फोरमले २३, राजपाले २३, माओवादी केन्द्रले २० तह जितेका छन् । एमालेले १६ स्थानीय तह जितेको छ भने नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले दुई र नयाँ शक्तिले एक तहमा विजयी हासिल गरेको छ ।