११ बैशाख २०८१, मंगलवार
Follow Us

आईतबारसम्म ११ लाख यात्रु उपत्यकाबाट बाहिरिए

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार ०८:३६

काठमाडौं । चाडवाडका लागि भनेर राजधानीबाट घर फर्कने यात्रुको संङ्ख्यामा बढदो छ । पछिल्लो एक सातामा काठमाडौंका चार नाकाबाट झन्डै ११ लाख ११ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
नेपाल यातायात व्यवसायी महासंघले भदौ २७ देखि अग्रिम टिकट खुल्ला गरे पछि यात्रुहरु सहज रुपमा घर जान थालेका हुन् । काठमाडौंको नयाँ बसपार्क बाट एक सातामा ५८ हजार १ सय सतासी यात्रु बाहिरीएको महानगरीय प्रहरी हेल्प डेस्कले वताएको छ । काठमाडौंबाट बाहिरीने यात्रुको संङ्ख्या बृद्धि भएपछि टाफिक प्रहरी महाशाखाले समेत यात्रालाई सुरक्षित बनाउन थानकोट ,जगाती, फर्पिङ्ग र मुड्खु नाकामा सवारी चेकजाँचमा कडाई गरेको छ ।