१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदुत कार्कीलाई फिर्ता बोलाउने सरकारको तयारी

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार १०:५४

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीलाई तत्काल फिर्ता बोलाउने तयारी थालेको रहस्य खुलेको छ ।

संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन पुगेको प्रधानमन्त्री शेरबहादुर देउवासहितको उच्चस्तरीय (हाई लेभल) डेलिगेशनलाई समेत राजदुत कार्कीले अपमानित हुनेगरि व्यवहार प्रर्दशन गरेको भन्दै सरकारले तत्काल उनलाई फिर्ता बोलाउने तयारी थालेको एक मन्त्रीले जानकारी दिए ।

राजदुत कार्कीले कुटनीतिज्ञको रुपमा काम गर्न नसकेको भन्दै स्वयम् विभागीय मन्त्री परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि उनीसँग रुष्ट बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा कार्कीकैे कमजोरीका कारण उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महारा ‘अपमानित’ भएका सरकारले महशुस गरेको छ ।

राष्ट्रपति ट्रम्पले मंगलबार आयोजना गरेको रात्रिभोज प्रधानमन्त्री देउवा सहभागी हुन नसक्ने भएपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री महरा जान खोजेका थिए । त्यसको तयारी पुरा भएको भन्दै न्युर्योक मिसन प्रमुख दुर्गाप्रसाद भट्टराईसहितका परराष्ट्रका अधिकारी र राजदुत कार्कीले भनेपछि महरा रात्रिभोजमा सहभागि हुन गएका थिए ।

जव परराष्ट्रमन्त्री महरा सरकार प्रमुख देउवालाई पठाएको रात्रिभोजको निमन्त्रणा पत्र र आफ्नो राहदानीसमेत बोकेर रात्रिभोज स्थलतर्फ लागेका थिए । उनलाई त्यहाँका सुरक्षाकर्मीले रोके । त्यसपछि मिसन र परराष्ट्रका अधिकारीले महरालाई सुरक्षा ढोकामै आघा घण्टा सम्म कुर्न लगाए, उहाँ आधा घण्टासम्म देउवाको नाममा आएको पत्र र राहदानी बोकेर बसिरहे ।

न्युर्योकस्थित मिसनले रात्रिभोजमा प्रधानमन्त्री सरिक हुन नसक्ने र प्रधानमन्त्री सट्टामा परराष्ट्रमन्त्री सहभागि हुने पत्राचार गर्न नसक्दा महारा बिश्वमा सामु अपमानित भएका थिए । यसको प्रमुख कारण राजदुत कार्की नै रहेको वर्तमान सरकारको निश्कर्ष छ । जसको कारण सरकारले उनलाई तत्काल फिर्ता बोलाउने अन्तिम तयारी थालेको छ।