१३ बैशाख २०८१, बिहीबार
Follow Us

७ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार १२:४९

काठमाडौं । स्थानीय तह तेस्रो चरण निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिका, एक उपमहानगरपालिका सहित ७ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ । गणना हुन बाँकी मध्ये बाराको बारागढीमा कांग्रेसले अग्रता लिएको छ ।

बाराको कलैया उपमहानगरपालिका र कोहल्बी नगरपालिकामा एमालेले अग्रता लिएको छ । संघीय समाजवादी फोरमले रौतहटको गरुडा, पर्साको विरगञ्ज महानगरपालिका र सप्तरीको राजविराज नगरपालिकामा अग्रता लिएको छ । धनुषाको सबैलामा एकीकृत माओवादीको अग्रता छ ।

गणना सकिएका १ सय २६ मध्ये ३८ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ । यसैगरी, राजपाले २४, संघीय समाजवादी फोरमले २३, माओवादी केन्द्रले २१ तह जितेका छन् । एमालेले १७ स्थानीय तह जित्दा नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दलले दुई र नयाँ शक्ति एक स्थानीय तहमा विजयी भएका छन् ।