७ बैशाख २०८१, शुक्रबार
Follow Us

संगिता मरहट्ठाले एनआरएन महिला उपसंयोजकमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार १५:४२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रिय महिला उपसंयोजकमा बेलायतकी एनआरएन अभियन्ता संगिता मरहट्ठाले उम्मेदवारी दिने भएकी छिन् ।

आउंदोे अक्टोबर १४ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनको आठौं महाधिवेसनमा महिला उपसंयोजकका लागि मरहट्ठाले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

‘एनआरएनको माध्यमबाट महिलाहरुसंग रहेको सीप र क्षमतालाई अझै बढि उजागर गर्ने र उनीहरुलाई उद्यमशिल बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनु नै मेरो मुख्य लक्ष्य छ’, आफ्नो उम्मेदवारीबारे मरहट्ठाले भनिन्, ‘एनआरएनको प्लेटफर्मबाट म यो काम गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।’

महिलाहरुसंग सीप र क्षमता हुंदाहुंदै पनि अघि बढ्न नसक्ने वास्तविकतालाई परिवर्तन गर्नका लागि पनि अब महिलाहरु नेतृत्वदायी भुमिकामा आउनुपर्ने उनको धारणा छ ।

हाल एनआरएन आईसिसीकी सदस्य रहेकी मरहट्ठाले एनआरएन बेलायतमा सचिव, महिला संयोजक लगायतका महत्वपुर्ण पदमा रहेर काम गरिसकेकी छिन् ।

एनआरएन यूकेको महिला संयोजक रहंदा मरहट्ठाले पहिलोपटक बेलायतमा एनआरएनको तर्फबाट नारी दिवस मनाउन सुरु गराएकी थिईन् ।

पछिल्लो १७ वर्षदेखि बेलायतमा बस्दै आएकी मरहट्ठा एनआरएनको संस्थापन कालदेखि नै यसमा आबद्ध रहेर सक्रिय रहंदै आएकी छिन् ।

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित उनी पत्रकारिताको क्षेत्रमा समेत क्रियाशिल छिन् । बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी मरहट्ठाले नेपालमा पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक गरेकी थिइन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयबाट रेडियो डिप्लोमा समेत पूरा गरेकी उनले बिबिसी नेपाली सेवा, रेडियो सगरमाथा लगायतका प्रतिष्ठित मिडियामा काम गरिसकेकी छिन् । अहिले पनि उनले नियमति रुपमा राष्ट्रिय मिडियाहरुमा आफ्ना लेखहरु प्रकाशन गराउंदै आएकी छिन् ।