१३ बैशाख २०८१, बिहीबार
Follow Us

पाँच स्थानको नतिजा सार्वजनिक हुन बाँकी

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार ०५:५२

काठमाडौं । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३८, नेकपा (एमाले) १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।
सप्तरीको राजविराज नगरपालिका, बाराको कोल्हवी, बारागढी गाउँपालिका र कलैया उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको नतिजा आउन बाँकी छ ।
नतिजा आउन बाँकी रहेका स्थानमध्ये नेपाली कांग्रेस १, एमाले दुई र संघीय समाजवादी फोरम २ स्थानमा अगाडि छन् । कांगे्रस बाराको बारागढीमा अगाडि छ भने एमाले बाराको कोल्हवी र कलैया उपमहानगरपालिकामा अगाडि छ । संघीय समाजवादी राजविराज र वीरगन्ज महानगरमा अगाडि छ ।