११ बैशाख २०८१, मंगलवार
Follow Us

जनसम्पर्क समिति बेलायतको पद हस्तान्तरण

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार ०७:५४

लन्डन– नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको पद हस्तान्तरण एवं दसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

भेटघाट रेस्टुरेन्ट अल्डरसटमा २३ सेप्टेम्बरमा भएको कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य एनपी साउदको प्रमुख आतिथ्यता र सांसद बहादुरसिंह थापाको विशेष आतिथ्यता रहेको थियो ।

युवराज गुरुङको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएपछि पदहस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो । माहामन्त्री प्रवेश केशिले सन्चालन गरेको कार्यक्रममा नब निर्बाचित कार्यसमितिका पदाधिकारी सहभागी भएका थिए ।