१२ बैशाख २०८१, बुधबार
Follow Us

जर्मन चान्सलर मार्केल चौथो कार्यकालका लागि निर्वाचित

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार ०९:२४

बर्लिन । जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित हुनुभएको छ । तर उहाँको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको बताइएको छ ।
उहाँले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्काे राजनीतिक दलको सहयोग चाहिने छ । प्राप्त समाचारहरुका अनुसार उहाँको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ । त्यसपछि दोस्रो ठूलो दलकारुपमा मत ल्याउने अर्का दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ ।
विश्लेषकहरुले उहाँको दलले गएको करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन् । तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेको छ । त्यसैले मार्केलले सरकार गठनका लागि अर्काे दलको सहायता लिनुपर्ने छ ।