१५ चैत्र २०८०, बिहीबार
Follow Us

कुल आचार्यको उम्मेदवारी घोषणा आइतवार

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार ११:५४

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको युरोप संयोजक कुल आचार्यले आइतवार औपाचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आचार्यले आगामी अक्टोवरमा काठमाण्डौंमा हुने संघको विश्वसम्मेलनको लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

आचार्यले आइतवार अल्डरशटमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो उपाध्यक्षमा रहेर काम गर्ने इच्छा रहेको भन्दै आगामी आइतवार लण्डनमा एक पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाए ।

लामो समयदेखि वेलायतमा बसोवास गर्दै आएका आचार्य व्यवसायी र समासेवीको रुपमा परिचित छन् ।
सरल र मिजासिला स्वभावका आचार्यले अहिलेसम्म समालेका कुनै पनि पदमा विवाद र समस्या नदेखिएकाले यसअघि यूरोप संयोजक निर्विरोध भएका थिए ।

गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष, आर्इसीसी सदस्य, समाजसेवी एवम् व्यवसायी कुल आचार्यलाई कतिपयले संघको भावि अध्यक्षको रुपमा समेत हरेका छन् ।
एनआरएन यूकेको अध्यक्ष पदमा निर्वाचित भएपछि उनले थुप्रै कल्याणकारी कामहरु गरेका थिए ।