१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फोनिज यूकेको बैठक बस्यो

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार १४:०३

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) को तेश्रो कार्यसमितिको प्रथम बैठक बस्यो । महासंघका अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा शनीवार २३ सेप्टेम्बरको दिन अल्डरशटको गोर्खा भिल्ला रेस्टुँरामा नवनिवार्चित कार्यसमितिको बैठक बसेको हो । बैठकमा कार्यसमितिका अधिकाँश सदस्यहरु उपस्थित थिए ।

बैठकको प्रारम्भमा अध्यक्ष एबं निवर्तमान महासचिब प्रमिला लाबुङ राईले नयाँ महासचिब खुशी लिम्बुलाई महासंघको कार्यबिवरणका कागजातहरु र नयाँ कोषाध्यक्ष गोमा रानालाई महासंघको कोष र आर्थिक बिवरणहरु औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो ।

फोनिज यूकेलाई संगठनको रुपमा बिस्तार गर्न बेलायतमा रहेको सबै जातीय संस्थाका अध्यक्षहरुको उपस्थितिमा अर्को बैठक चाँडै बस्ने भएको छ । जसका लागि बेलायतमा रहेका तेह्र वटै जातीय संस्थाहरुलाई आ आफ्नो जातीय पत्रकार संघ खोल्नका लागि पहल गर्न फोनिजले अनुरोध गर्ने भएको छ ।

बेलायतमा रहेको आदिवासी नेपाली पत्रकारहरुलाई पत्रकारिता तालिम दिन फोनिज यूकेले आगामी २७ जनवरी २०१८ मा एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ । जसमा बीबीसी नेपालीका भगिरथ योगी, वीनेपाली डट कमका सम्पादक एबं नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाँगी, रेडियो बीजीडब्ल्यूएसका निर्देशक सोनाम शेर्पा र एक स्थानीय ब्रिटिश पत्रकार सहितको ब्यवसायिक, स्थानीय र प्रमुख धारका पत्रकारहरुलाई अतिथि प्रशिक्षकको रुपमा निम्ता गरिने भएको छ ।

फोनिजले हरेक बर्ष आदिवासी मुद्दाहरुमा शशक्त रुपमा कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्दैआएकोमा पुरस्कारको रकम बार्षिक तीस हजारबाट बृद्दि गर्ने र महासंघको एक अक्षय कोष स्थापना गर्ने उद्देश्यले सन् २०१८ को अन्त्यतिर एक च्यारिटी कार्यक्रमको आयोजना पनि गर्ने भएको छ ।

बैठकले जीखा बहादुर राई र भिमल राईलाई फोनिज यूकेको कार्यसमितिको सदस्यमा मनोनित गरेको छ भने सुमल कुमार गुरुङ, एकेन्द्र गुरुङ, सोनाम शेर्पा, बिमला सेने, बिजय थापा, दुत पुन, पुर्ण गुरुङ र विस्वासदीप तिगेलालाई फोनिज यूकेको सल्लाहकारमा नियुक्त गरेको छ ।

फोनिज यूकेको अर्को बैठक ६ जनवरी २०१८ मा बस्नेछ ।