१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महाबिर पुन वेलायत आउने

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार १४:१४

लण्डन । प्रतिस्ठित सामाजिक उद्धमि, विभिन्न अन्तराष्ट्रिय पुरस्कारहरुबाट बिभुसित, डा. माहाबिर पुन बेलायत आउने भएका छन ।

एशियन नोवेल पुरस्कार भनिने रामोन म्याग्सेसे तथा जोनाथान पोस्टेल र इन्टर्नेट हल अफ फेम जस्ता प्रतिस्ठित पुरस्कारबाट सम्मानित भैसकेका पुन अक्टोबर ५ मा लण्डन आइपुग्ने छन् ।

हिमालयन ब्याडमिन्टन क्लब, लन्डनको निमन्त्रणामा आउन लागेका पुन झन्डै एक महिना बेलायतमा रहने छन् ।

भ्रमणको क्रममा राष्ट्रिय आविष्कार केन्द्रको बिषयमा बेलायतको विभिन्न क्षेत्रहरूमा विभिन्न शहरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । उनले ८ अक्टोवरमा मा निरमाया रेष्टुरेन्ट अल्डरसट, १४ मा मेड्स्टोन फेमेली चर्च मेड्स्टोन, र १५ मा हेरिटेज सेन्टर नैनीटनमा कार्यक्रम गर्ने छन् ।
यस्तै २४ अक्टोवरमा युनिभर्सिटी अफ वेस्ट स्कटल्याण्ड लन्डन, २७ मा एम्पार हल अल्डरसट र २९ मा फुल्फोर्ड ब्यारेक योर्कको कार्यक्रममा सहभागी हुने छन् ।