१३ बैशाख २०८१, बिहीबार
Follow Us

चार दिनदेखि स्वास्थ्य संस्था ठप्प

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार १५:१४

काठमाडौं । चिकित्सकहरुको अनिश्चितकालीन आन्दोलनका कारण चारदिनदेखि सरकारी तथा निजी अस्पताल ठप्प हुँदा बिरामी मारमा परेका छन् ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए क्षतिपूर्नि चिकित्सकबाटै भराउने गरी कानुन बनाउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकले गरेका आन्दोलनका कारण चारदिनदेखि सरकारी तथा निजी अस्पताल ठप्प भएका छन् ।
आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन गर्दा टाढा–टाढाबाट उपचार गर्न काठमाडौं आएका सर्वसाधारणको बिचल्ली हुने अवस्था आएको हो ।
चार दिनदेखि आकस्मिक सेवाबाहेक सबै ठप्प पार्नु दूर्भाग्यपूर्ण भएको हाडजोर्नी विशेषज्ञ एवं स्वास्थ्य क्षेत्र सुधार अभियन्ता प्रा.डा.गोविन्द केसी बताउँछन् । आफ्नो १२ औं अनशन सुरु गर्नु अघि पत्रकारसँग डा.केसीले विरामीको अंगभंग हुने र मृत्यु हुनेमा चिकित्सकको मात्र हात नहुने भन्दै छानबीन गरी जो दोषी हो उसलाई कारवाही गर्नुपर्ने बताए ।
चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने सरकारले गरेको निर्णय फिर्ता नभएसम्म आन्दोलन नरोकिने ढिपी गर्छन् । सरकारले आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएको भन्दै चिकित्सकले स्वास्थ्य मन्त्रालय घेराउसमेत गरेका छन् ।