१५ बैशाख २०८१, शनिबार
Follow Us

कास्की माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७४, बुधबार ०७:४६

नेकपा (माओवादी केन्द्र) कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नं २ मा राजकाजी गुरुङ र क्षेत्र नं ३ मा रामजी बराललाई सिफारिस गरिएको पार्टीका जिल्ला नेता लालमोहन तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं १ मा झलकपाणि तिवारी र क्षेत्र नं ३ मा गंगा पोखरेलको नाम सिफारिस गरिएको छ भने बाँकी क्षेत्रको नाम आज टुंगो लगाएर सिफारिस गरिने उहाँले बताउनुभयो ।