१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अध्यक्षमा टिबी कार्कीको उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७४, बुधबार ०८:२६

कतार । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्(एनआरएन) को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को छैटौँ विश्व सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारी पूरा गरिसक्नुभएको कार्कीले सातौँ अधिवेशनमा अध्यक्षको प्रत्याशी रहने घोषणा पत्रकारहरुमाझ गर्नुभएको हो ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिति सदस्य हुँदै २००७ देखि २००९ मा आइसिसी सदस्य र पाँचौँ विश्व सम्मेलन (२०११–२०१३)बाट सचिव पदमा रही रहनुभएको थियो ।

सन् २०१३–२०१५)को छैटौँ विश्व सम्मेलनमा उपाध्यक्षमा विजयी भएसँगै एनआरएनएलाई संस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय कार्की हाल सल्लाहकार हुनुहुन्छ ।

यसअघि अध्यक्षमा भवन भट्टले समेत उम्मेदवारी घोषणा सक्नुभएको छ । एनआरएनएआइसीसीको आसन्न विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा हुने भएको छ । विश्वका ७५ राष्ट्रमा एनआरएनको विस्तार भइसकेको छ ।