१३ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङमा तीन पत्रकार पुरस्कृत

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७४, बिहीबार १५:५८

जिल्ला कृषि विकास कार्यालय बागलुङले पत्रकार महासंघमार्फत प्रदान गर्ने कृषि पत्रकारिता पुरस्कारबाट आज तीन पत्रकारलाई पुरस्कृत गरेको छ ।

छापा माध्यमतर्फ नागरिककर्मी संगम घर्तीमगर, विद्युतीयतर्फ रेडियो परिवर्तनका सुमन सुनार र अनलाइन (न्यू मिडिया) तर्फ गलकोट खबर डटकमका बालकृष्ण सुवेदी पुरस्कृत हुनुभएको हो ।

महासंघ बागलुङ शाखाद्वारा यहाँ आयोजित समारोहमा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले पुरस्कृत पत्रकारलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो । कृषिका मुद्दामा कलम चलाउने पत्रकारलाई वर्ष २०७३ को पुरस्कार प्रदान गरिएको हो ।

वर्षभरिमा कृषिका विषयमा उत्कृष्ट समाचार संकलन, लेखन र प्रकाशन÷प्रशारण गर्ने पत्रकार पुरस्कारको लागि छनोट गर्ने गरिएको महासंघका अध्यक्ष दिल शिरिषले बताउनुभयो ।

पुरस्कार प्रदान गर्दै राज्यमन्त्री खड्काले मुलुकको गरिबी निवारणका लागि कृषि क्षेत्रको व्यावसायिक विकास हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले छिट्टै केही जिल्लाबाट गरिब परिचयपत्र वितरणको तयारी गरेको उल्लेख गर्नुभयो ।