१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्वाचनलाई पर्वका रुपमा मनाउनुपर्छ– प्रमुख आयुक्त डा यादव

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७४, बिहीबार १६:०२

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताउनुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मंसिरमा हुने निर्वाचनको लागि आवश्यक कानून र ऐन प्राप्तभएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिनुभयो ।

आगामी निर्वाचनमा सवै दलका प्रमुख नेताहरू उम्मेदवार हुने भएकाले आचारसंहिताको पूर्णपालना हुनेमा आयोग विश्वस्त रहेको बताउँदै उहाँले आचार संहिता उल्लंघनमा घटनाका सरोकारवाला पक्षसग छलफल गर्ने बताउनुभयो ।

आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेको बताउँदै प्रमुख आयुक्त यादवले सबैलाई एकै ठाउँमा राखेर आचारसंहिता उल्लंघनबारे बृहत्त छलफल गर्ने उल्लेख गर्नुभयो ।

स्थानीय तहको निर्वाचन सफलरुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबै राजनीतिक दल, उम्मेदवार र जनताप्रति धन्यवाद ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो– यो वर्ष निर्वाचन वर्ष भएकाले सबैले निर्वाचनलाई पर्वको रुपमा मनाउनुपर्छ ।’
–––