८ बैशाख २०८१, शनिबार
Follow Us

दशैँमा चामल पाएन

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७४, बिहीबार १६:०५

हुम्ला । हिन्दूको महान् चाड दशैँका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट रु चार हजार ५०० मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् ।

त्यस्तै सिमीकोट हिल्सा नाका र डोजम खोलाबाट प्रति च्याङ्ग्रा रु १० हजारदेखि २२ हजारसम्म किनेर भएपनि दशैँ मनाउन यहाँका स्थानीयवासी बाध्य भएका छन् ।

गत वर्षभन्दा यस वर्षको दशैं अत्यन्त महँगो भएको कुरा स्थानीयवासीले राससलाई जानकारी गराउनुभयो ।