August 7, 2020
10:47 AM | 3:32 PM

७१ हजारसहित पाँच जुवाडे पक्राउ

  29/09/2017 मा प्रकाशित

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ ।

जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया