११ बैशाख २०८१, मंगलवार
Follow Us

फ्रेन्डस एण्ड फरइभर समूह बेलायतद्धारा बाढीपीडितलाई सहयोग

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७४, शुक्रबार ०८:१३

साउन महिनाको अन्तिम साता तराईमा आएको बाढी र डुबानबाट पीडितका लागि फ्रेन्डस एण्ड फरइभर गु्रप बेलायतले रु एक लाख ३२ हजार १२५ प्रदान गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–२६ सुन्दरीबजारका वीरकाजी गुरुङको सक्रियतामा बेलायतमा संकलित उक्त रकम ग्रुपका सदस्य देवान गुरुङले ‘न्युज ट्वान्टी फोर’का ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई हस्तान्तरण गर्नुभयो ।