७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेदरल्यान्डमा दसैं

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७४, शुक्रबार ०८:२५

द्रोण रिजाल। नेदरल्यान्डस् ।
यहि सेप्टेम्बर २७ तारिखका दिन हिन्दुहरुको महान चाड बिजया दशमी नेदरल्यान्डस् को राजधानी आम्स्टरदाम मा भब्य रुपमा सम्पन्न भएको छ।

इनासका स्थानिय कलाकार हरुको बेजोड प्रस्तुती संगै भएको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।

गैर आवासीय नेपाली संघ नेदरल्यान्डस् को शुभकामना आदानप्रदान कार्यक्रममा नेदरल्यान्डस् मा रहेका संघसंथाहरु नेपाली जनसम्पर्क समिती नेदरल्यान्डस् ,प्रवासी एकता समाज, नेपाल समाज नेदरल्यान्डस् , म्याग्दी समाज, मोना समाज, मगर समाज, गुरुङ समाज, अन्तरास्ट्रिय नेपाली कलाकार संघ (इनास), प्रवासी नेपाली मंच र अन्तर्राष्ट्रिय नेपाली समाज नेदरल्यान्डस् (नया शक्ति) को आयोजक रहेका थिए।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य राम कंडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसंथाका प्रतिनिधित्व गर्दै आएका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमको संचालन एनआरएन नेदरल्यान्डस् का महासचिब जितेन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बरिस्ठ उपाध्यक्ष बिष्णु बास्तोलाले राखेका थिए। गैर आवासिय नेपाली संघ नेदरल्यान्डस् का अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरी) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।