६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानन्यायधिश पराजुलीको सम्मानमा लण्डन दूतावासमा विशेष समारोह (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७४, शनिबार ०९:०६

लन्डन । बेलायतको भ्रमणमा आएका प्रधानन्यायधिश गोपालको सम्मान नेपाली दूतावास लण्डनले एक विषेश समारोहको आयोजना गरेको छ ।

शुक्रवार नेपाली दूतावास लण्डनमा आयोजित कार्यक्रममा उपस्थित अतिथिहरुलाई बेलायतका लागि नेपाली राजदूत दूर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिलाई खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रधानन्यायधिश पराजुलीको साथमा आएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, जिल्ला न्यायधिश बिदुर कोइराला, श्रीमति पराजुली, कलाकारहरु कालीप्रसाद बास्कोटा, हेमन्त राना, सुष्मा कार्की लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेका थिए । कार्यक्रममा वेलायतस्थित बिभिन्न संघसंस्था तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको बाक्लो उपस्थिती थियो ।
22042323_10155749533214282_2662007175836875510_o

22051059_10155749530724282_8137621498080660023_o

22051166_10155749521639282_5805542559902604247_o

22104395_10155749537924282_5628752020124627648_o