१३ बैशाख २०८१, बिहीबार
Follow Us

देउवासँग पौडेल सुरुदेखि नै असन्तुष्ट, खड्कासँग कति शक्ति ?

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७३, आईतवार ०४:२४

काठमाडौं । सभापति र संसदीय दलको नेतामा देउवासँग पराजित नेता रामचन्द्र पौडेल संस्थापनसँग सुरुदेखि नै असन्तुष्ट छन् । दुई महिनामा गर्नुपर्ने पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, केन्द्रीय कार्यसम्पादन समिति र विभाग गठन नगरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

पछिल्लो समय पौडेलले सरकारमा पठाइने मन्त्रीमा ४० प्रतिशत हिस्सा मागेका छन् । सम्मानजनक हिस्सेदारी नपाए आफ्नो समूह सरकारमै नजाने उनले बताउँदै आएका छन् ।
नेता खुमबहादुर खड्काको पक्षमा खुलेका केन्द्रीय सदस्यमा शंकर भण्डारी, पुष्पा भुसाल र देवेन्द्रराज कँडेल छन् । केन्द्रीय सदस्यद्वय अजयकुमार चौरसिया र मोहनबहादुर बस्नेत पनि खड्कानिकट मानिन्छन् । नेता रामचन्द्र पौडेल पक्षका केही सदस्य तानेर आफ्नो शक्ति बढाउने प्रयासमा खड्का छन् ।

सरकारमा सहभागितामा पनि आफ्नो पक्षलाई भागबन्डा गर्नुपर्ने खड्काको माग छ । उनले आफूनिकटका नेता शंकर भण्डारीलाई मन्त्री बनाउन देउवालाई दबाब दिएका छन् ।
नयाँ पत्रिकाबाट