१३ बैशाख २०८१, बिहीबार
Follow Us

वरिष्ठ नेता पौडेलद्वारा टीका ग्रहण

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७४, शनिबार ०९:१७

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गर्नुभएको छ ।

राजधानीको कलंकीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गर्नुभएको हो ।

त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइदिनुभयो ।