१९ बैशाख २०८१, बुधबार
Follow Us

दुईवटा टाउको भएको बच्चा जन्मियो

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७३, आईतवार ०४:४१

राजविराज । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो ।
बालकको टाउकोको पछाडिपट्टि पनि टाउकोमा नाक, कान, मुख खासै विकसित नभए पनि आँखा भने दुईटै टाउकोमा पूर्ण विकसित भएको देखिएको अस्पतालका प्रमुख तारानन्द झाले जानकारी दिनुभयो । बच्चालाई हेर्न अस्पतालमा सयौँको भीड लागेको अस्पतालले जनाएको छ ।
यसअघि यादवको एक छोरा र एक छोरी रहेको परिवारजनले बताएका छन् । बच्चालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख झाले बताउनुभयो ।