७ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस गोरखाद्वारा केन्द्रमा उम्मेदवार सिफारिस

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७४, मंगलवार १०:४१

आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस गोरखाले उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।

जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले क्षेत्रीय कार्यसमितिले आवेदन लिई सिफारिस गरेको नामावली केन्द्रमा पठाएको हो । उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि काँग्रेसले प्रतिनिधिसभाका लागि रु पाँच हजार र प्रदेशसभा निर्वाचनका लागि रु तीन हजारका दरले शुल्क लिएर आवेदन लिएको थियो । आवेदन परेका सबै नामावली केन्द्रमा पठाइएको छ ।

प्रतिनिधिसभाको क्षेत्र नं १ मा प्रत्यक्षतर्फ पार्टी सभापति हरिबहादुर घले, मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेता राजेन्द्र बजगाईं, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले र बुद्धिप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको हो । समानुपातिकतर्फ नेता जीवनप्रेम श्रेष्ठ, कमला लामिछाने, जगतबहादुर बराम र माला गुरुङको नाम सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नं १ मा प्रदेशसभा १ मा प्रत्यक्षतर्फ नेता धीरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुरप्रसाद पन्त, भगवानबाबु मास्के, ध्रुवप्रसाद खनाल, जानुका पन्त र कमलप्रसाद अम्गाईको नाम सिफारिस गरिएको काँग्रेसले जनाएको छ ।

समानुपातिकतर्फ नारायणप्रसाद लामिछाने, कृष्णबहादुर आले, अलिउल्ला मियाँ, राममाया श्रेष्ठ, पम्फा गान्धारी, टीका श्रेष्ठ, कमला लामिछाने, हरिबहादुर गान्धारी र पुष्प श्रेष्ठको नाम सिफारिस गरिएको बताइएको छ ।

क्षेत्र नं १ को प्रदेशसभा २ मा प्रत्यक्षतर्फ पार्टी सचिव नन्दप्रसाद न्यौपाने, ठाकुरप्रसाद पुडासैनी, डिल्लीराम तिमिल्सिना, युवराज बस्ताकोटी, भरत भट्ट, फणीन्द्रप्रसाद भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, शीतलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट र प्रेमकुमार खत्री तथा समानुपातिकतर्फ दोलकबहादुर विक, सलावतद्दिन मियाँ, जीवनराज वन्त र गोमा ढकालको नाम रहेको छ ।

काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र कमला पन्त तथा नेता अब्दुल सतार, चेतमान श्रेष्ठ र राजनदेव भट्ट तथा समानुपातिकतर्फ मनमाया गुरुङको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं २ को प्रदेशसभा १ मा प्रत्यक्षतर्फ नेता रविकला खनाल, बलराम खड्का, इमानसिंङ बस्नेत, अम्बिका न्यौपाने, पदमप्रसाद भट्टराई, कृष्णप्रसाद पोखरेल, ईश्वर परियार, चन्द्रप्रकाश मरहठ्ठा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ र गेहेन्द्रराज विष्ट तथा समानुपातिकतर्फ नेता मसलीमाया थोकर, डा मोदनाथ मरहठ्ठा र चेतबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा प्रत्यक्षतर्फ नेता गोविन्दबहादुर गुरुङ, मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, सुकदेव दवाडी, ओम गुरुङ, मोहनप्रकाश पोखरेल र सिपी पोखरेल तथा समानुपातिकतर्फ नेता इन्द्र गुरुङ, गौरी तामाङ, जनककुमारी कोइराला, मीना अधिकारी, सलाउद्दिन मियाँ र सुनिता पोखरेलको नाम केन्द्रमा पठाइएको छ ।

बैठकले पार्टी तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जाललगायतमा जथाभावी रुपमा लेख्न बन्देज लगाउने निर्णय गरेको पार्टी सचिव नन्दप्रसाद न्यौपानेले बताउनुभयो । निर्णयविरुद्ध लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने न्यौपानेको भनाइ छ ।
–––