७ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन साहित्यकारलाई पद्मश्री सम्मान

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७४, बिहीबार १२:०३

लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका बरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।

प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिइने साहित्यिक पुरस्कार विहीवार रसियन कल्चर सेन्टरमा आयोजित एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष तथा लेखक जीवा लामिछानेद्वारा प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक स्रष्टालाई दुइ दुइ लाख नगद र प्रमाणपत्रले हरेक बर्ष सम्मान गर्दै आएको छ ।

बि.सं. २०२८ देखि साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका स्रष्टा नगेन्द्रराज शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ र ‘पीपलको बोटमुनि’ र एकान्तका आफन्तहरु कथासंग्रह प्रकासित छन् । शर्माले विभिन्न पत्रपत्रिकामा कविता, कथा र निबन्धहरु प्रकासित छन् । शर्मा २०२७ देखि ‘अभिव्यक्ति’ दुइमहिने साहित्यिक पत्रिकाका सम्पादन समेत हुन् ।

यसैगरी बि.सं. २०१८ देखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका रोचक घिमिरे ‘सम्झनामा फक्रिएका थुँगाहरु’ ‘अनुहार र अनुभूति’ निबन्ध संग्रह प्रकासित छन् । उहाँका विभिन्न पत्रपत्रिकामा कविता, कथा र समसामयिक लेखहरु प्रकासित छन् । अर्का पुरस्कृत श्रष्टा नवराज पराजुलीलाई यस वर्षको कविता संग्रह ‘सगरमाथाको गहिराई’ लाई प्रदान गरिएको हो । यसअघि प्रतिष्ठानद्वारा राष्ट्रकवि माधव घिमिरे, बरिष्ठ आख्यानकार स्वर्गीय मदनमणी दीक्षित, बरिष्ठ साहित्यकार सत्यमोहन जोशी, धुर्वचन्द्र गौतम र वैरागी कायँला साथै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा.रविन्द्र समिरद्वारा स्वागत मन्तव्य दिएका थिए भने प्रतिष्ठानका अध्यक्ष तथा गैर आवासीय नेपाली संघका पुर्व अध्यक्षसमेत रहेका जीवा लामिछानेद्वारा संस्थाको गतिविधिबारेमा प्रकाश पारेका थिए । कार्यक्रममा पुरस्कृति साहित्यकारहरु नगेन्द्रराज शर्मा, नवराज पराजुलीले मन्तब्य दिएका थिए । कार्यक्रममा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो ।