१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सापकोटा युवा उत्प्रेरणा अवार्ड २०१७ द्वारा सम्मानित

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७४, बिहीबार १५:५१

विगत लामो समय देखि विदेशमा रहि नेपालको अन्तरिक पर्यटनमा प्रर्वद्धनमा प्रभावकारी भुमिका निभाई रहनु भएका गैर आवासीय नेपाली सोम सापकोटालाई “युवा उत्प्रेरणा २०१७” द्वारा सम्मानित गरिएका छन्।

युथा पार्लियामेन्ट नेपाल द्वारा आयोजित युवा सार्क सम्मेलन २०१७ को अवसरमा विषेश कारण वश उपस्थिती हुन नसक्नु भएकाले आज पार्लियामेन्टको कार्यलयमा विषेश कार्यक्रमको आयोजना गरि पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले उक्त अवार्ड प्रदान गर्नु भएको हो।

सापकोटाले आफु सम्मानित हुदाँ धेरै नै खुशी लागेको र युथा पार्लियामेन्ट नेपालले युवा वर्गलाई लक्षित गरि विभिन्न कार्यक्रमको आयोजन गरि युवालाई समाज प्रति उत्तरदायी बनाएको भन्दै पार्लियामेन्टलाई धन्यावाद ब्यक्त गरेका छन्। साथै अगामी दिनमा गैरआवासीय नेपाली संघ पनि युवाको वृहत हकहित र वृद्धि विकासमा युथा पार्लियामेन्ट संग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो।

आगामी अक्टोबर १४ देखि १७ तारेखमा काठमाडौंमा हुन गाईरहको गैरआवासीय नेपाली संघको महाधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह—कोषाध्यक्षको उम्मेदवारी सापकोटा नेपाल भ्रमण वर्ष २०१७ युरोपको संयोजक समेत हुनुहुन्छ।