१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन सह—कोषाध्यक्षमा सापकोटाको उमेदवारी

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७४, बिहीबार १५:५८

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनको आठौं बिश्व सम्मेलनमा सोम सापकोटाले सहकोषाध्यक्षको उमेदवारी घोषणा गरेका छन । सन २००४ देखि पोर्चुगलबाट एनआरएनमा सक्रिय सापकोटा कार्य समिति सदस्य, डेनमार्कको सस्थापक अध्यक्ष, आइसिसी सदस्य, युरोप उपसंयोजक आदीमा कुशलतापूर्वक जिम्मेवारी पुरा गरेका छन ।

नेपाल लाइब्रेरी फाउण्डेसन र ओपन लर्निग एक्सचेञ्ज प्रोग्राम आदी अभियान उनले संचालन गरिरहेका छन । डेनमार्कका लागी नेपाल सरकारको पर्यटन प्रतिनिधी सापकोटा सामाजिक सेवा क्षेत्रमा निकै सक्रिय र स्पष्ट बक्ताका रुपमा चिनिन्छन ।

एनआरएनको सहकोषाध्यक्षमा उमेदवारी घोषणापछि सापकोटाले आफुले संचालन गर्ने कार्यहरुको बारेमा समेत प्रतिबद्धता जनाएका छन । संस्थालाई पारदर्शी बनाउने, सदस्यता शुल्क कम गर्ने, सदस्यता बृद्धि गर्ने, तत्कालिन र दीर्घकालिन कार्यक्रम संचालन गर्ने र बिदेशमा बस्ने नेपालीहरुको साझा समस्या परिचान गरी समाधान गर्ने सापकोटाले बताए । यसै गरी बिदेशमा बस्ने नेपालीहरुको सामूहिक लगानीको वातावरण, नेपालको कला, संस्कृति र पर्यटन विकासमा योगदान, दातृनिकायसंग समन्वय र मैत्रीपूर्ण सम्बन्धको विकास लगायतका कार्यहरुमा आफुले जिम्मेवारपूर्ण रुपमा भूमिका निर्वाह गर्ने सापकोटाले बताएका छन ।