७ बैशाख २०८१, शुक्रबार
Follow Us

हरेन्द्र वानेमले यूरोप उपसंयोजकमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार ०४:५८

काठमाण्डौं । गैरआवासीय नेपाली संघ यूरोपको उपसंयोजकमा हरेन्द्र वानेमले उम्मेदवारी दिने भएका छन् । वानेमले संघको १४ अक्टोवर देखी काठमाण्डौंमा हुन लागेको विश्वसम्मेलनमा उम्मेदवारी दिन लागेका हुन् ।

गैरआवासीय नेपाली संघ जर्मनीको पूर्वअध्यक्ष समेत रहेका वानेमले संघको अभियानमा आफुले बटुलेको अनुभवका आधारमा उम्मेदवारी दिएको वताए । उनले संघको नेतृत्वमा रहेको वेला उल्लेख्य काम गरेर चर्चा कमाएका थिए । उनी संगै संघको उपसंयोजकमा उम्मेदवारी दिनेको संख्या आदी दर्जन पुगेको छ ।