१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओहोदाको प्रमाणपत्र पेश

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार ०५:२८

डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत युवनाथ लम्सालले त्यहाँका महारानी मार्गारेट द्वितीयासमक्ष फ्रेडेन्सबर्गस्थित राजदरबारमा आयोजित समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र चढाउनुभएको छ ।

सो अवसरमा राजदूत लम्सालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट महारानीको सुस्वास्थ्य र सुखको कामना तथा डेनिस जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश सुनाउनुभएको थियो ।

महारानी मार्गारेटले राजदूत लम्साललाई स्वागत गर्दै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सुस्वास्थ्यको कामनाका साथ नेपाली जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको कोपेनहेगनस्थित नेपाली दूतावासले जनाएको छ ।