७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा, अब चुनाव लड्ने

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार १३:२०

काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ । राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभयो । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो । राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ ।