१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिट बाँडफाँडमा लोकतान्त्रिक गठबन्धनमा झमेला

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७४, आईतवार १२:४२

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँडमा झमेला उत्पन्न भएको छ । सिट बाँडफाँडको जिम्मा कार्यदललाई दिइएको थियो । चुनावी तालमेलको गृहकार्य गर्न कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा कार्यदल बनाइएको थियो । उक्त कार्यदलले सिट बाँडफाँड मिलाउन नसकेपछि सम्पूर्ण जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । अब प्रधानमन्त्री देउवाले गठबन्धनका नेतृत्वसँग छुटाछुटै बैठक गरेर सिट बाँडफाँडको टुंगो लगाउने छन् ।
सिट संख्या बाँडफाँटमा समस्या भएको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिनुभयो । अब प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेर सिट संख्या निर्धारण गरेपछि कार्यदलले जिल्ला र क्षेत्र छुट्टयाउनेछ । कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् ।