८ बैशाख २०८१, शनिबार
Follow Us

असोज २९ गतेभित्र बन्दसूची पेश गर्न दलहरुलाई समय

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७४, आईतवार १२:४४

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ पारित गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गर्दै समानुपातिक निर्वाचन सञ्चालन तथा व्यवस्थापनको अधिकार निर्वाचन अधिकृतलाई प्रत्यायोजन गरेको छ । आयोगले समानुपातिक निर्वाचनमा भाग लिन आह्वान गर्दै सूचना प्रकाशन गर्ने, दलले निवेदन दिने, निवेदन दिने दलको नामावली प्रकाशन गर्ने, निवेदन फिर्ता लिनसक्ने, निर्वाचन चिह्न प्रदान गर्नेजस्ता व्यवस्था निर्देशिकामा छ । आयोगले असोज २९ गते समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय तोकेको छ ।